जनकपुरधाममा सहकार नेपाल द्वारा सहकार संवाद कार्यक्रमको आयोजना

आज जनकपुरधाममा सहकार नेपाल द्वारा सहकार संवाद कार्यक्रमको आयोजना सहकार नेपालको केंद्रीय अध्यक्ष श्री अमरनाथ गुप्ताज्युको अध्यक्षतामा र जनकपुरधाम उपमनपाको मेयर श्री मनोज कुमार साहज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सुसम्पन्न भयो,साथै जनकपुरधाम उपमनपा वडा नम्बर०६को अध्यक्ष श्री दिनेश साहज्यु र वडा नम्बर२२को वडाअध्यक्ष श्री विमलेश साहज्युको पनी उपस्थिति थियो!!
उक्त कार्यक्रममा मित्र राष्ट्र भारत बाट सहकार भारतीको केन्द्रीय अध्यक्ष श्री दीनानाथ ठाकुरज्यु र सहकार भारतीको अखिल भारतीय संगठन मंत्री माननीय संजय पाचपोरज्युले सहकार र सहकारीताको उपयोगिता आवश्यकता बारे प्रष्ट पार्नु भयो!!